Logo

प्रचण्डलाई उपयुक्त समयमा उपयुक्त शक्तिसँग मिलेर ठेगान लगाउने गगनको चेतावनी



काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिलाई अस्थिर बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले जहिले पनि राजनीतिलाई फोहोर बनाइराखेको, जहिले पनि च्याँखे थापेको उनको आरोप छ । उनले प्रधानमन्त्री प्रचण्डलाई उपयुक्त समयमा उपयुक्त शक्तिसँग मिलेर ठेगान लगाउने बताए ।

‘हाम्रो राजनीतिलाई निरन्तर अस्थिर बनाइराख्ने, जहिले च्याँखे थापिराख्ने, जहिले फोहोर बनाइराख्ने, यो शक्तिलाई अब ठीक ठाउँमा पुर्याउन पर्छ । यसका निम्ति उपयुक्त समयमा उपयुक्त शक्तिसँग कसरी संवाद गर्ने भन्नेतिर हामीहरु सचेत छौं, काम पनि गरिरहेका छौं,’– आफ्नो भिडियो सन्देश सार्वजनिक गर्दै उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot