Logo

एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि सुदूर सरकार अल्पमतमा



काठमाडौं,२४ फागुन । कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारबाट एकीकृत समाजवादी बाहिरिएको छ । र्एकीकृत समाजवादीबाट मन्त्री बनेका अर्थमन्त्री नरेश शाहीलाई मुख्यमन्त्रीले आज पदबाट बर्खास्त गरेपछि एकीकृत समाजवादी सरकारबाट बाहिरिएको हो ।

मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि अब कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात सांसद छन् । सरकार गठनको लागी २७ आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot