Logo

सरकारमा सहभागी हुने जसपाको अन्तिम तयारी



काठमाडौं, २३ फागुन । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । एमाले–माओवादी गठबन्धन बनेपछि बुधबार भएको मन्त्रिपरिषद् विस्तारमा जसपा सरकारमा सहभागी भएको थिएन । जसपा सरकारमा सहभागी नभएपछि राजनीतिक बृत्तमा अनेक आशंका उब्जिएको थियो ।

अन्ततः सजपा सरकारमा जान तयार भएको हो । जसपाले दुई वटा मन्त्रालय पाउने बताइएको छ । जसपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा राजकिशोर यादव र वन मन्त्रीमा दीपक कार्कीलाई पठाउने तयारी गरेको छ ।

केन्द्रीय सरकारमा सहभागी नहुँदा मधेश प्रदेशको मुख्यमन्त्री जनमतको पोल्टामा जाने भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले ढिला गरी सरकारमा सहभागी हुने निर्णय गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot