काठमाडौं । गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृहसचिव बनाउने निर्णय गरेको हो ।
उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। त्यसअघि उनी श्रम मन्त्रालयमा थिए। यसअघि दिनेश भट्टराई गृहसचिव थिए।
काठमाडौँको सीडीओ रहिसकेका अर्याललाई सत्ता साझेदार दल नेकपा एमालेको जोडबलमा गृहमा ल्याईएको हो ।




प्रतिक्रिया