ताइवानमा शक्तिशाली आँधी ‘च्याम्पी’को जोखिमः उच्च सतर्कता अपनाइयो


ताइपेई । ताइवानमा शक्तिशाली आँधी ‘च्याम्पी’ शुक्रबार तटमा ठोक्किने सम्भावना बढेपछि सम्पूर्ण टापुमा उच्च सतर्कता अपनाइएको छ।

मौसमविद्हरूका अनुसार आँधीको बेला हावाको गति प्रतिघण्टा १७३ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यस आँधीको प्रभाव क्षेत्र करिब ३२० किलोमिटरसम्म फैलिने भएकाले पूरै टापु नै प्रभावित हुन सक्ने आशंका अधिकारीहरूले व्यक्त गरेका छन्।

आँधी नजिकिएसँगै ताइवानमा एक जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। जोखिमयुक्त क्षेत्रबाट हालसम्म एक हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको सरकारी निकायले जनाएका छन्।

ताइवानी अधिकारीहरूले सम्भावित क्षतिबाट बच्न सर्वसाधारणलाई तटीय तथा पहाडी क्षेत्रबाट टाढा रहन विशेष आग्रह गरेका छन्। आँधीका क्रममा आउने भीषण वर्षा र हावाहुरीले उक्त बाँध फुटन सक्ने उच्च खतरा रहेको बताइएको छ।