Logo

माओवादी नेता बिडारीको टिप्पणीः शान्ति प्रक्रियापछि महराको संगत त्यस्तैसँग परेछ (भिडिओसहित)



काठमाडौं, ८ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले शान्ति प्रक्रियापछि पार्टीका केही नेताहरुको संगत गलत मान्छेसँग परेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शान्ति प्रक्रियापछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संगत पनि गलत मानिससँग परेको हुनसक्ने बताएका हुन् ।

अहिले महरा अनुसन्धानको घेरामा रहेको र उनीमाथिको आरोप अदालतले पुष्टि गरेको खण्डमा मात्रै महरा अपराधी हुने उनले बताए । महरामाथि लागेको आरोप पुष्टि भएर कारबाही हुँदा जनताले माओवादी र प्रचण्डको प्रशंसा गर्नुपर्ने उनले बताए ।

‘अहिले महराजी अनुसन्धानको घेरामा पर्नुभयो । अनुसन्धानको घेरा भनेको आरोप हो । यो अपराधी होईन, आरोप लागेको हो । यो आरोपको पुष्टि अदालतले गर्छ । भोलि पुष्टि भयो भने तपाईँहरुले त प्रसंशा गर्नुपर्छ, हाम्रो पार्टी, प्रधानमन्त्री र हाम्रा नेतालाई ।’ उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि संगत त्यस्तैको परेछ । संगत गुनाको फल, जसले गलत गरेको छ, उसले सजाय पाउँछ । त्यही कुराले यो सरकारको प्रसंशा गर्नुस् ।’

माओवादीले सुन तस्करी गर्न नभएर मुलुकको विकास गर्न, देशलाई परिवर्तन गर्न र समाजवादमा पुर्याउन जनयुद्ध गरेको उनले स्मरण गराए । शान्ति प्रक्रियापछि केही नेताहरु यस्ता प्रकारको अवैधानिक गतिविधिमा सल्किएको उनको भनाइ छ ।

साथै, टोपबहादुर रायमाझी हिजोका दिनमा माओवादीको कुशल नेता भएपनि बिग्रिन एमालेमा गएको उनको भनाइ छ । माओवादी छाडेका विप्लव, बाबुरामदेखि अन्य बिग्रिएका नेताहरुले अहिले गलत गरिएछ भन्ने महसुश गरिरहेको उनले बताए । नेता बिडारीले बिगतमा माओवादी पुटाउन राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति लागिपरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot