काठमाडौं, १३ पुष । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली एक ठाउँमा उभिएको स्पष्ट पारेकी छिन् । कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार रोजगारी सिर्जना गर्नेगरि लागिपरेको स्पष्ट पारेकी हुन् ।
उनले भनिन्, ‘हामी दुईवटा ठूला पार्टीका अध्यक्षज्युहरूले देशमा समृद्धि ल्याउनका लागि एकै ठाउँमा उभिएर काम अघि बढाउनुपर्छ भनेर लाग्नुभएको हो, राजनीतिले मात्रै मान्छेको पेट भर्दैन भनेर नेताजीहरू र हामी सबैलाई थाहा छ । रोजगारी चाहिन्छ, एउटा आय आर्जन गर्ने वातावरण बन्नुपर्छ अनिमात्रै देशको समृद्धि हुन्छ । मान्छेहरूको सपना पूरा हुनसक्छ ।”
उनले सत्ता गठबन्धन शीर्ष नेतृत्वलाई मुलुकको वर्तमान अवस्थाबारे राम्रोसँग जानकारी रहेको भन्दै अब सुधार हुने स्पष्ट पारिन् । यसअघि आजकै एक कार्यक्रममा उनले आफू मन्त्री हुन्छु भन्ने नलागेको भन्दै बाईचान्स मन्त्री भएको टिप्पणी गरेकी थिईन् ।




प्रतिक्रिया