काठमाडौं, २२ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव राखेका छन् ।हिजोबाट जारी पार्टीको केन्द्रीय कमिटीको छैठौं बैठकमा पेश गरिएको राजनीतिक प्रस्तावमा दाहालले आफूसहित पार्टीका पदाधिकारीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने प्रस्ताव राखेका हुन् ।
उनले नेताहरुको जीवनमा आर्थिक पारदर्शीताको ठूलो महत्व रहेको भन्दै त्यहीअनुसार सबै नेता अघि बढ्नुपर्ने जोड दिएका छन् । उपमहासचिव हरिबोल गजुरेलले माओवादीहरु अलि अलि बिग्रिएको साँचो भएको बताउँदै अब सच्चिएर जानुको विकल्प नभएको धारणा राखेका छन् । उनले अध्यक्ष दाहालले गम्भीर आत्मालोचनासहित बैठकमा पार्टी रुपान्तरणको लागि उपयोगी प्रस्ताव ल्याएको भन्दै प्रशंसा गरेका छन् ।




प्रतिक्रिया