सिरहा, माघ १४ । ठाडी भन्सारमा प्लान्ट क्वारेन्टिन नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । प्लान्ट क्वारेन्टिन नहुँदा व्यवसायीले विराटनगर र जलेश्वर भन्सारबाट मालसामान निर्यात गर्दै आएका छन् ।
ठाडी भन्सार कार्यालयका प्रमुख मुकेशकुमार पाठकले खाद्य तथा प्लान्ट क्वारेन्टिन नहुँदा खाद्य सामग्रीको भन्सार जाँचपास ठप्प भई राजस्व सङ्कलन प्रभावित भएको गुनासो गरे ।
सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशङ्कर यादवले ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसका निम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ठाडी भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ४ करोड २३ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा पुस मसन्तसम्ममा लक्ष्यको ८४ प्रतिशत मात्र सङ्कलन भएको जनाएको छ । रासस




प्रतिक्रिया