काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल भुक्तानीलाई निःशुल्क गर्न अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकार्षण गराएकी छिन् । उनले सरकारले विद्युतीय कारोबारमा सानो मन बनाएर कर लगाउने व्यवहार गरेको भन्दै त्यसको विरोध गरेकी छिन् । उनले डिजिटल भुक्तानीलाइ अझै सहज र प्रभावकारी बनाउन मन्त्री पौडेलसमक्ष अनुरोध गरेकी छिन् ।
अर्थमन्त्री पौडेललाई ध्यानाकार्षण पत्र बुझाएको तस्विर साझा गदैृ उनले लेखेकी छिन्–
आज मैले अर्थ मन्त्रीलाई डिजिटल भुक्तानी (Digital Transaction) लाई निःशुल्क गर्न ध्यानाकर्षण पत्र बुझाएको छु। सरकार एकातिर Digital Nepal Framework को खाका बनाएका विद्युतिय कारोबारलाई प्रोस्ताहन गरेको बताउछ अर्कोतिर विद्युतिय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार पुर्याइरहेको भन्ने विषय उल्लेख गर्दै सरकारले आगामि दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहान गर्दै डिजिटल भुक्तानीलाई अझ सहज र प्रभावकारी बनाउन अनुरोध गरेको छु।




प्रतिक्रिया