कांग्रेसको ५० मत गणना : महामन्त्रीमा प्रदीप पौडेल अगाडि, उपसभापतिमा चन्द्र भण्डारी


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी निर्वाचनअन्तर्गत ५० मत गणना हुँदा विभिन्न पदका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता लिएका छन् भने केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी अगाडि छन्।

केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले २६ मत प्राप्त गरेका छन्। गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डेले समान १६ मत पाउँदा ई. मधु आचार्यले १३, धनराज गुरुङले ११, दीपक गिरीले ७ तथा प्रा. डा. चन्द्रमोहन यादवले ४ मत प्राप्त गरेका छन्।

त्यस्तै, केन्द्रीय उपसभापति (समावेशी) तर्फ बिनोदकुमार चौधरीले १७ मतसहित अग्रता लिएका छन्। सीता गुरुङले ११, जीवन परियारले १०, फरमुल्लाह मंसुरले ६ र रंजीत कर्णले १ मत प्राप्त गरेका छन्।

केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले ३३ मत प्राप्त गर्दै अन्य उम्मेदवारलाई पछाडि पारेका छन्। अमरसिंह पुन मगरले २१, डा. सुनिलकुमार शर्माले १३, उदय शम्शेर राणाले १२, गुरुराज घिमिरेले ८, डा. सन्तोष उपाध्यायले ५, नैन सिंह महरले ४ र शंकर तिवारीले २ मत प्राप्त गरेका छन्।

केन्द्रीय महामन्त्री (महिला) तर्फ महालक्ष्मी उपाध्याय (डिना) ले २२ मत प्राप्त गरेकी छन्। डा. डिला संग्रौला (पन्त) ले २१ मत प्राप्त गर्दा रीता खनालले ६ मत पाएकी छन्।