पाथीभरामा जारी आन्दोलनप्रति हाम्रो दलको ऐक्यबद्धता छ : राजकिशोर यादव


काठमाडौं, १८ माघ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले अर्थतन्त्रको गति बढाउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यस्तो सुझाव दिएका हुन् । उनले अहिलेको अर्थतन्त्रको आकार बढाउन सकिएमात्रै युवाहरुको चाहना पूरा गर्न सकिने बताए ।

यादवले पाथीभरामा आन्दोलनकारीमाथि भएको प्रहरी दमनको भर्त्सना गरे । पाथीभरामा जारी रहेको आन्दोलनप्रति आफ्नो दलको ऐक्यबद्धता रहेको यादवको भनाई छ । उनले मधेशमा हुस्सु र कुहिरोले आक्रान्त बनेको बताए । उनले सिमामा बसेका सुरक्षाकर्मीहरुको व्यवहारको पनि आलोचना गरे ।