बुढानिलकण्ठ नगरपालिकाको खानेपानी समस्या समाधानको लागि गगन थापा अग्रसर, मन्त्री यादवसँग छलफल


काठमाडौं, २० माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो क्षेत्रमा पर्ने बुढानिण्ठ नगरपालिकाभित्रको खानेपानी समस्या समाधानको लागि पहल गरेका छन् । खानेपानी समस्याको दीर्घकालिन समाधानको लागि थापाले धेरै अघिदेखि नै पटकपटक विज्ञहरुसँग छलफलसमेत गर्दै आएका छन् । सो क्षेत्रको खानेपानी समस्या समाधानको लागि थापाले हालै मन्त्री प्रदीप यादव, सचिव प्रमिला बज्राचार्यलगायतसँग मन्त्रालयमा पुगी छलफल गरेका छन् ।

सो छलफलमा गोकर्णेश्वर नगरपालिकासँग सहमति लिएर बुढानिलकण्ठ नगरपालिका–११ माथिल्लो ट्यांकीमा मेलम्ची खानेपानी ८ इन्च पाईप जडान गर्ने सहमति भएको पनि थापाको सचिवालयले जनाएको छ । थापाको सांसद कार्यालयबाट प्रेषित सूचनामा भनिएको छ–

काठमाडौं भ्यालीमा खानेपानीको समस्या कहाँ छ रु भनि कसैले प्रस्न सोध्यो भने उत्तर आउछ बुनपा । हो पनि बुनपा १ देखि १३ वडा सम्म सबै बोरिड।ग गरि खानेपानी चलाइएको छ । यो दिर्घकालीन समस्या समाधान होइन भनि संघिय माननीय गगन कुमार थापाज्यूको पटक पटकको खानेपानी विज्ञहरु, खानेपनी मन्त्रालय मन्त्री, सचिव, उपत्यका खानेपानी आयोजना प्रमुख,प्रविधिक स्थानीय जनप्रतिनिध सहितको बैठकबाट अब दिर्घकालीन खानोपानी समस्या समाधान गर्नु पर्छ भनि गोकणैश्वर नगरपालिका संग सहमति लिई बुनपा ११ माथील्लो ट्यकीमा मेलाम्ची खानेपानी ८ इन्च पाइप जडान गर्ने, महाकाँल ठ्याक्की बाट ६ र ४ इन्च पाइप जोरधारा खानोपानी ट्याड।कीमा थप गरि जोडधारा बाट माथील्लो भेकका बुनपा १० र ११का बासिन्दालाई मेलम्ची खानेपानी पाइन लाईन विस्तार तथा धारा जडान गर्ने लगायत बुनपा तर्फका पानिका समस्या सम्बोधनको पत्रका विषयमा लामो समय मन्त्रालयमा बजेट छैन भनि तोक आदेश नभएको पत्रमा पनि मिति २०८१ माघ १८ गते दर्ता गरि कार्यान्वयनका लागी सम्बन्धीत निकाएमा पत्रचार भएको कुराको पनि सम्बन्धित सबैमा जानकारी गराउदछौ । जय नेपाल ।
साँसदको कार्यालय, काठमाडौ क्षेत्र न।। ४