अर्को बैठकमा मात्रै अध्यादेशबारे निर्णय लिन्छु : उपेन्द्र यादव


काठमाडौं, २४ माघ । जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएका अध्यादेशबारे अर्को बैठकमा मात्रै निर्णय लिने स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘आज त अध्यादेश निर्णयार्थ पेश गर्नबाट सरकार नै पछि हट्यो । हामीले आज निर्णय लिएका छैनौं । राजकिशोर यादव नेतृत्वको कार्यदलदले प्रतिवेदन पेश गर्यो । अर्को बैठकमा निर्णय दिन्छौं ।’