काठमाडौं, २६ माघ । परराष्ट्रमन्त्री डा. आरजु राणाले सोसल मिडियामा नकारात्मक कुरा प्रमोट नगर्न आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणालृ सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न कांग्रेसका कार्यकर्ताहरुलाई निर्देशन दिएकी हुन् ।
हिजो (शुक्रबार) धनगढीमा कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै मन्त्री राणाले सोसल मिडियामा लाईक र सेयर गर्दा धयान दिन आफ्ना पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएकी हुन् ।
उनले भनिन्,‘फेसबुकको लाइक शेयर तपाईँहरू नकारात्मक कुराको नगर्नुहोस् । सबैको फेसबुक म हेर्ने गर्छु, दुई तीन महिनामा मेरो एउटा टोली छ सबैको फेसबुक हेर्नुहोस् भन्छु, कुनचाहिँ मान्छेको के मानसिकता रहिछ त्यहीबाट देखिन्छ ।’




प्रतिक्रिया