काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोसल मिडिया नियमन गर्ने विधेयक जस्ताको त्यस्तै पारित नहुने स्पष्ट पारेका छन् । उनले अहिले ल्याईएको सामाजिक सञ्जाल नियमन गर्ने विद्येयक हुबहु पारित हुन नसक्ने बताएका हुन् ।
आज (सोमबार) चितवन पुगेका महामन्त्री थापाले विद्येयकभित्रका प्रावधानहरुमा रहेका केही त्रुटिहरु संशोधन गरिने विश्वास दिलाए । उनले भने,‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु जस्ताको तस्तै पारित हुँदैन र हुन दिइँदैन । विधेयकमा थुप्रै समस्या छन् । विधेयकका प्रावधानहरू त्रुटिपूर्ण रहेका छन्, विधेयक २०७५ सालमा पनि गलत थियो । २०८० मा पनि गलत थियो र २०८१ मा पनि गलत छ । त्यसकारण विधेयकमा छलफल सहित संशोधन आवश्यक छ ।’
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सोसल मिडिया नियमन गर्ने नाममा अहिले ल्याईएको विद्येयक जस्तोका त्यस्तै पारित हुन नदिने स्पष्ट पारेका छन् । file photo




प्रतिक्रिया