काठमाडौं, २ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा आशंका व्यक्त गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले आजकाल २४ घण्टामा एकचोटी देउवालाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता गरेपनि भरोसा भने गर्न नसकिने बताएका हुन् ।
‘उहाँले पटकÞ–पटक प्रतिवद्धता सायद २४ घण्टामा एकचोटी गर्नुहुन्छ । यस्तो अवस्थामा देउवालाई प्रधानमन्त्री कसरी नबनाउने ? शंका त किन गर्ने ? भन्ने त मलाई लाग्छ । तर, त्यतिधेरै भरोसा गर्न चाहिँ सकिन्नँ कि ? शेरबहादुरजीको कस्तो छ समझदारी त्यसमा भर पर्छ,’– उनले भने ।
वर्तमान सत्ता गठबन्धनको समझदारीअनुसार चुनावी सरकारको नेतृत्व देउवाले गर्ने छन् । तर, प्रधानमन्त्री ओलीले देउवालाई समयमै र सजिलै सत्ता हस्तान्तरण गर्नेकुरामा विभिन्न आशंकाहरु व्यक्त भइरहेका छन् । प्रधानमन्त्री ओलीका यसभन्दा अघिका गतिविधिले पनि भरोसा गर्न सकिने स्थिति नरहेको विभिन्न दलका नेताहरुको टिप्पणी छ । File Photo/RN




प्रतिक्रिया