नेविसंघ पुल्चोक क्याम्पस इकाइद्वारा नेपाली छात्रा प्रकृति लम्सालको न्यायको लागि प्रदर्शन (फोटोफिचर)


काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) पुल्चोक क्याम्पस इकाइले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको न्यायको लागि प्रदर्शन गरेको छ ।

नेविसंघले आयोजना गरेको विरोध र्यालीमा पुल्चोक क्याम्पसका विद्यार्थीहरु सहभागी थिए । पुल्चोक क्याम्पसबाट सुरु भएको र्याली लबिम मल हुँदै हरिहर भवनबाट पुनः पुल्चोक क्याम्पस डीन कार्यलयमा आएर सकिएको थियो।

उनीहरुले ‘प्रकृतीलाई न्याय दे, वी वान्ट जस्टिस, निष्पक्ष छानबिन गर’ लगायतका प्लाकार्डसहित दबाबमूलक प्रदर्शन गरेका थिए । नेविसंघ पुल्चोक इकाई सभापति विक्रम भण्डारीले प्रकृति लम्सालले न्याय पाऊन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि विरोध प्रदर्शनमा उत्रिएको बताए ।

Skip This