कांग्रेस सभापति देउवा आज प्रयागराज जाँदै, भोली गंगा स्नान गर्ने


काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भारत जाने भएका छन्। इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’मा सहभागी हुन देउवा भारत जान लागेका हुन्।

कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ। देउवा वक्ता रहेको समिटमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन्। समिटमा सहभागी भएपछि देउवा महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने बताइएको छ।

१४ फागुनमा कुम्भ मेला सकिँदैछ। कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, शंकर भण्डारीलगायत दर्जनौं कांग्रेस नेता कुम्भ मेलामा सहभागी भएर गंगा स्नान गरेका छन्।

Skip This

Omoda E5 Pro