काठमाडौं, फागुन ९ । उदयपुरको त्रियुगा नगरपालिका-७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बारा गढी गाउँपालिका-४ का ७० वर्षीय सिताराम धामीको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो। दुर्घटनामा घाइते २० जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । बारा जिल्लाबाट जन्ती लिएर गाईघाट आउँदै गरेको बस (बाग्मती प्रदेश ०६-००१ ख ०१९५) र विपरीत दिशाबाट जाँदै गरेको मिनिट्रक (ना ८ ख २४०४) आज बिहान २ः३० बजे ठोक्किएका हुन्।




प्रतिक्रिया