काठमाडौं, ९ फागुन । फेशन इराको आयोजनामा हुन गइरहेको टीन स्टार इन्टरनेशनलमा नेपालबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ का सम्भव क्षेत्रीले प्रतिनिधित्व गर्ने भएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी टीन स्टारमा सहभागी हुने कन्टेस्टेनबारे जानकारी गराइएको हो ।
उक्त शोमा १२ देशबाट प्रतिस्पर्धीहरु सहभागी हुने बताइएको छ । आफू नेपालको संस्कृतिलाई प्रचारप्रसार गर्न उक्त प्रतियोगितामा सहभागी हुन लागेको सम्भवले बताए । ‘यहाँ म नेपालको संस्कृति प्रचारप्रसार गर्न जाँदै छु । हाम्रो नेपाली पहिरन, नेपाली भाषा, संस्कृति लिएर थाइल्याण्ड जाँदै छु,’– उनले भने ।
उनले विजेताको लागि आफूलाई भोट आवश्यक पर्ने बताउँदै सहयोगको लागि अपीलसमेत गरे ।




प्रतिक्रिया