राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, फागुन ११ । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेगरी बोलाइएको छ । राष्ट्रिय सभामा सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने छन् ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।