एमाले मोरङ अधिवेशन: १०० मत गणना हुँदा अजम्बरलाई ५१,अन्य कसले कति पाए ?


काठमाडौं । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भएको मतदान को मतगणना जारी छ ।

भर्खरै सार्वजनिक भएको प्रारम्भिक मतगणना अजम्बर राईको प्यानलले अग्रता बनाएको छ । एक सय मत गणना हुँदा राईले ५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी राजकुमार ओझाले ४५ मत ल्याए । त्यस्तै अन्य पदाधिकारीमा पनि राई प्यानलको अग्रता देखिएको छ ।

जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानल बनेको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

मनोनयन दर्ता गरेका ३ सय २५ जना मध्ये ७१ जना सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेको जनाइएको छ । ५ पदाधिकारीसहित ९४ पदका लागि १ सय ९१ चुनावी मैदानमा कायम रहेका छन् ।

नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्ष र इतर समूहले फरक फरक प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीले उमेदवारी दिएका छन् । यस्तै, इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उमेदवारी दिएका छन् ।

संस्थापन समूहलाई प्रदेश अध्यक्ष घनश्याम खतिवडाले साथ दिँदा अर्का नेता विनाद ढकालले इतर गुटको नेतृत्व गरेका छन् । ढकाल गत प्रदेश अधिवेशनमाअध्यक्षमा खतिवडासँग पराजित भएका थिए ।