पोखरा । बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।
प्रहरीले गोप्य सूचनाका आधारमा छापा मार्दा खड्कासहित ९ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका २ बस्ने ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ५० वर्षीय दुर्गा बहादुर खत्री, ३५ वर्षीय हरी शर्मा, बागलुङ नगरपालिका ३ का ६६ वर्षीय भीमबहादुर खत्री छन् ।
यसैगरी ६६ वर्षकै डम्मर बहादुर भण्डारी, बागलुङ नगरपालिका १ का ५५ वर्षीय राजु गौतम र वडा नम्बर ८ का ५६ वर्षीय केशव पराजुली पनि पक्राउ परेका छन् ।
खड्का बागलुङ नगरपालिकाका पार्टी वडासभापति हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया