तनहुँमा गठन भएको नेविसंघको समानान्तर समिति विघटन

तनहुँ, २८ फागुन । नेपाल विद्यार्थी संघको तनहुँको शेखर कोइराला समूहअन्तर्गत गठन भएको समानान्तर समिति विघटन गरिएको छ।
नेविसंघ तनहुँका जिल्ला अध्यक्ष आशिष कैनीको नेतृत्वमा संगठनलाई एकीकृत गर्दै अगाडि बढाउने निर्णय भएको जनाईएको छ ।

यसै क्रममा शेखर समूहका प्रतिनिधि सोन आलेले जिल्ला अध्यक्ष आशिष कैनीलाई समाहित पत्र बुझाएका थिए । संगठनभित्र एकता कायम गर्दै आगामी गतिविधि अघि बढाउने उद्देश्यका साथ समितिलाई समाहित गरिएको जिल्ला अध्यक्ष कैनीले जानकारी दिए ।

स्ववियु निर्वाचनलाई प्रभावकारी बनाउन संगठनलाई एक ढिक्का बनाउँदै अगाडि बढ्ने लक्ष्य रहेको नेविसंघका नेताहरूले बताएका छन्।

x