काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई चिया तथा कफी क्षेत्रका समग्र समस्याको सम्बोधन गर्न सक्ने सुदृढ संस्थाका रूपमा विकास गर्न पुनर्संरचना गरिने भएको छ ।
बोर्डको कार्यकारी समितिको ७७औँ बैठकले विद्यमान ऐन तथा कानुनलाई समयानुकुल संशोधन गर्ने, राष्ट्रिय चिया नीति तथा राष्ट्रिय कफी नीति पुनरावलोकन गरी रणनीति तयार गर्ने र बोर्डको संरचनालाई चुस्त तथा विशिष्टीकृत बनाउने निर्णय गरेको हो ।
बोर्डका अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको अध्यक्षतामा बसेको बैठकले चिया तथा कफी क्षेत्रको विकास, विद्यमान समस्याको समाधान तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पुनर्संरचना प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।




प्रतिक्रिया