काठमाडौं, २८ फागुन । टाईम्स ब्रोडकास्टिङ नेटवर्कअन्तर्गत रहेको प्राइम टिभी एचडीले यस वर्षको होलि कार्यक्रम पाटन दरबार स्क्वायरमा राखेको छ । मारुती सिमेन्टको प्रस्तुति रहेको फागु उत्सव भोलि विहान ११ बजेबाट सुरु हुनेछ । उक्त एक दिवसीय फागु उत्सव कार्यक्रममा देशका ख्याँतिप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ ।
‘संस्कार, संस्कृति र सभ्यताको निरन्तरता : उत्साह, उमंग र सद्भावको अभ्यस्तता’ नारा दिएर आयोजना गरिने उक्त उत्सवमा हाँस्यकलाकार किरण केसीदेखि नेपाल आइडलका पछिल्लो संस्करणका विजेता करण परियारसम्मको प्रस्तुति हुने प्राइम टिभी व्यवस्थापन पक्षले जनाएको छ ।
भोलिको होली कार्यक्रममा गायक आनन्द कार्की, धिरज राई, टिका प्रसाईं, अर्जुन पोखरेल, सुशिल श्रेष्ठ, सपन श्रेष्ठ, बुनु राई मानन्धर, प्रदेश लिम्बु, विनय कार्की, सम्झना योङहाङ, मानव परियार, सुरेन्द्र केसी, प्रास्ना शाक्य, रोहित जे. क्षेत्री, कमल खत्री, प्रदीप खड्का, शिवशंकर (जोगिन्दर), शान्ता रानी परियार, दिव्या रायमाझी, भोटे छिरिङ र ध्रुव बिस्कोसम्मको प्रस्तुति रहने जनाईएको छ । उक्त उत्सवमा प्राईम टिभीका अध्यक्ष ऋषि धमलाको शुभकामना मन्तव्य र प्राइम टिभीकी निर्देशक तथा नायिका एलिजा गौतमको स्वागत मन्तव्य रहने जनाईएको छ ।




प्रतिक्रिया