विराटनगर, १९ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा अब राजा फर्कने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले मुलुक अब पछाडि फर्कन नसक्ने भन्दै समाजवादी यात्रामा अघि बढेको बताए ।
उनले नेपालमा अब वंशको शासन नचाहिने बताए । उनले भने,‘किन चाहियो रगतको शासन रु जनताको मनको शासनलाई मन नमान्ने । जनताको चेतनामा विश्वास नगर्ने । जनतामा चेतना र जागरणपैदा गर्ने कुरामा नलाग्ने । अनि वंशको शासन खोज्ने ? त्यसो भए जाउँन त राणाशासनमा । राणाशासनभन्दा अझै पुरानो खोजौं । गोपालवंशमा जाऔं । महेशपाल वंशमा जाऔं । नयाँ हिटलरलाई जन्माओस् । यस्तो हुन्छ रु अब संसार दास युगमा फर्कन सक्छ ? सामन्ती युगमा जान सकिन्छ ? पूँजीवादी युगमा पनि बस्ने होइन । अब समाजवादी युगमा जाने हो ।’




प्रतिक्रिया