काठमाडौं बाल अस्पताल निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सद्वारा पाँच लाख सहयोग


काठमाडौं, १९ चैत । काठमाडौं बाल अस्पताल निर्माणका लागि सिटिजन लाइफ इन्स्योरेन्सले ५ लाख सहयोग प्रदान गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसैक्रममा, संस्थाले यस वर्ष पनि डाक्टर भगवान कोइराला नेतृत्वमा भइरहेको बाल अस्पताल परियोजनालाई आर्थिक सहयोग प्रदान गरेको हो।

सिटिजन लाइफ इन्स्योरेन्स र सिटिजन बैंकले अघिल्लो वर्षदेखि नै बाल अस्पताल परियोजनालाई सहयोग गर्दै आएका छन्। यस वर्ष पनि सिटिजन लाइफ इन्स्योरेन्सले ५ लाख प्रदान गरी अस्पताल निर्माणमा योगदान गरेको हो ।

लोमस ग्रुपको निरन्तर समर्थन

लोमस ग्रुपका प्रणब जंग पाण्डेका अनुसार बाल अस्पताल निर्माणका लागि निरन्तर सहयोग जारी राखिनेछ। उनले भने, “सानो सहयोग भए पनि हामी हरेक वर्ष वा हरेक ६ महिनामा निरन्तर रूपमा योगदान गरिरहनेछौं।”

साथै, लोमस फार्मास्युटिकल्स मार्फत निस्शुल्क औषधि आपूर्ति तथा लोमस सिमेन्ट मार्फत निर्माण सामग्री सहयोग गर्दै जाने योजना रहेको जानकारी उनले दिए।

सीएसआरमार्फत बहुआयामिक सहयोग

लोमस ग्रुपका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष एवं सिटिजन बैंकका पूर्वअध्यक्ष प्रदीप जंग पाण्डेले विभिन्न कम्पनीहरूका तर्फबाट सामाजिक उत्तरदायित्वअन्तर्गत डाक्टर भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका छन्। बाल अस्पताल निर्माण र सञ्चालनका लागि निजी क्षेत्रबाट सहयोग वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।