काठमाडौं, २३ चैत्र । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले राजा–रजौटा प्रवृत्ति र लोकतन्त्र शीर्षकमा लेख लेखेकै कारण प्रचण्डले त्यतिवेला कारबाही गरेको पूरानो घट्ना स्मरण गराएका छ्न । त्यही लेखलाई बहाना बनाएर तत्कालिन अध्यक्ष प्रचण्डले आफूहरुलाई कारबाही गरेको भट्टराईको भनाई छ ।
फेशबुकमा उनले लेखेका छन्–
अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ- ‘ Those who cannot remember history are condemned to repeat it.’ ( अर्थात् जसले इतिहासलाई सम्झन सक्दैनन्, उनीहरू त्यसलाई दोहोर्याउन अभिशप्त हुन्छन्।)
नेपालमा अहिले दलहरूको नेतृत्वमा नै राजा-रजौटा प्रवृत्ति हावी भएकाले बरू पुरानै मृत राजतन्त्रलाई किन नब्युँताउने? भन्ने हास्यस्पद कुतर्क केही वृत्तमा चल्न थालेको छ। यस्तै कुराको खण्डन गर्दै मैले २०६१ माघ ६ गते ( तत्कालीन राजा ज्ञानेन्द्रले प्रम देउवालाई बर्खास्त गरेर सम्पूर्ण सत्ता हातमा लिएको माघ १९ गते भन्दा १३ दिन अगाडि मात्र!) कान्तिपुर दैनिकमा ” राजा-रजौटा प्रवृत्ति र लोकतन्त्र” भन्ने लेख प्रकाशित गरेको थिएँ।
त्यसैलाई वहाना बनाएर प्रचण्डले हामीलाई तत्कालै माघ १६ गते पार्टीभित्र कार्वाही गरेका थिए। जुन अब इतिहास भैसकेको छ।
नयाँ पुस्ताले यो इतिहास ख्याल गरोस् भनेर सो चर्चित लेख यहाँ पुनः प्रस्तुत गरिएको छ। (श्रोत: बाबुराम भट्टराई,२०६३, राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र, जनध्वनि प्रकाशन, काठमाण्डौ )






प्रतिक्रिया