हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी देखियो : शेखर कोइराला


काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद शेखर कोइरालाले देशमा अहिले जताततै बिचौलिया हाबी भएको टिप्पणी गरेका छन् । उनले बिचौलियाको सिफारिशमा गभर्नर नियुक्त गरिए मुलुकको अवस्था झन खराब हुने टिप्पणी गरे । आज (आइतबार) काठमाडौंमा आयोजित सर्जक सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ पुस्तकको विमोचन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कांग्रेस र एमाले मिलेर सरकार बनाएको ९ महिना बितिसक्दापनि सहमतिबमोजिम काम नभएको भन्दै प्रश्न उठाए । उनले अहिले देशको अवस्था नाजुक रहेको पनि टिप्पणी गरे । उनले अहिलेको सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिएपनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको आरोप लगाए ।