शाहीलाई त्रिचन्द्र क्याम्पसको नेविसंघ इकाई अध्यक्षको जिम्मेवारी


काठमाडौं, २६ चैत्र । नेपाल विद्यार्थी संघले बाजुराका अमृत बहादुर शाहीलाई त्रिचन्द्र बहुमुखी क्याम्पसको इकाई अध्यक्षको जिम्मेवारी दिएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शाहीलाई हिजो (सोमबार) सो जिम्मेवारी सुम्पिएका हुन् ।

शेर्पाले शाहीलाई उक्त जिम्मेवारी दिएकोबारे भनेका छन्,‘उपरोक्त सम्बन्धमा नेपाल विद्यार्थी संघ त्रिचन्द्र बहुमुखी क्याम्पसमा इकाई अध्यक्ष पद रिक्त भएकोले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र इकाई अधिवेशन सम्पन्न गर्नेगरि तपाई श्री अमृत बहादुर शाहीज्यूलाई नेपाल विद्यार्थी संघ त्रिचन्द्र बहुमुखी क्याम्पसमा इकाई अध्यक्ष पदको जिम्मेवारी दिईएको छ ।’

अध्यक्ष शेर्पाले शाहीसँग नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास लिएका छन् ।