घुसपैठ गर्न आएको भन्दै राप्रपाका कार्यकर्ताहरुले २ जनालाई पक्रेर प्रहरीलाई बुझाए


काठमाडौं, २६ चैत्र । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको बल्खुमा आयोजित बृहत्त विरोध सभामा घुसपैठ भएको भन्दै राप्रपाका कार्यकर्ताहरुले २ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

तिनकुने घट्नालाई मध्यनजर गरेर राप्रपाले आफ्ना कार्यकर्ताहरुलाई सभामा घुसपैठ हुने भन्दै चनाखो हुन भनेको थियो । पक्राउ परेका ती दुई जनाले गलत गतिविधि गरेको कारण उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाईएको छ ।