कुलमानलाई चार महिना हटाउन आवश्यक थिएन, कांग्रेसकै मन्त्रीको प्रस्ताव प्रधानमन्त्रीले अगाडि बढाउनु भएको होः एमाले नेता थापा


काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले कुलमान घिसिङलाई कांग्रेसकै जोडबलमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विभागीय मन्त्रीको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान हटाउने कार्य अगाडि बढाएको बताएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कुलमान हटाइएको विषयमा निरन्तर असन्तुष्टि व्यक्त गरिरहेको अवस्थामा नेता थापाले यस्तो जवाफ फर्काएका हुन् । महामन्त्रीद्वयले आफ्नो पार्टीको मन्त्रीबाट त्यो प्रस्ताव आउन रोक्न सक्नुपर्नेमा अहिले बेतुकका तर्क गरिरहेको बताए ।

‘उहाँहरुले जस्तै कुरा गर्ने हो भने हामीले भन्न सक्छौं– चार महिना हटाउन आवश्यक थिएन । प्रधानमन्त्रीले सम्बन्धित विभागीय मन्त्रीको प्रस्तावलाई अगाडि बढाइदिनुभयो र विद्युत प्राधिकरणमा नयाँ व्यवस्था भयो,’– उनले भने ।