कांग्रेस जिम्मेवार भएर सरकारको नेतृत्व गरेको खण्डमा माओवादीले साथ दिन्छः हरिबोल गजुरेल


काठमाडौं, ६ वैशाख । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले नेपाली जनताले वर्तमान सरकार नचाहेको बताएका छन् । आज (शनिबार) माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई जनताले अस्वीकार गरिसकेको बताएका हुन् । उनले अब कांग्रेस जिम्मेवार भएर सरकारको नेतृत्व गरेको खण्डमा माओवादीको समर्थन रहने बताए ।

कांग्रेसलाई समर्थन गरेपनि पार्टी सरकारमा नजाने उनले बताए । जनताले २०८४ सम्म सरकारमा नजान सुझाव दिएको उनले स्मरण गराए । ‘जनताको चाहना यो सरकारको परिवर्तन हो । संगै ०८४ सम्म सरकारमा जानु हुँदैन भन्ने जनधारणा पनि छ,’– उनले भने ।