काठमाडौं, ६ वैशाख । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । संक्रमणकालीन न्यायका विषयमा छलफल गर्न नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् ।
छलफलमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) का नेता एवं प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नि खरेललगायतको सहभागिता रहेको छ ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित दुईवटा विधेयक संघीय संसद्बाट सर्वसम्मतिले पारित भएर ऐनको रुपमा जारी भइसकेको छ । तर, उक्त ऐनले व्यवस्था गरेको दुईवटा आयोगको पदाधिकारी नियुक्ति गर्न सरकारले सकिरहेको छैन ।




प्रतिक्रिया