भौतिक पूर्वाधारमन्त्री दाहाललाई एमालेको २५ बुँदे सुझाव पत्र


काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव पत्र बुझाएको छ । एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्ने विषयमा मन्त्री दाहाललाई सुझाव दिएको हो ।

एमालेको भौतिक पूर्वाधार तथा यातायात विभागका प्रमुख गोकर्ण विष्टले पार्टीको तर्फबाट मन्त्री दाहाललाई सुझाव पत्र बुझाएका हुन् । सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयसँग सम्वन्धित विभिन्न विषयहरु समेटेर सुझाव दिइएको बताइएको छ ।