पोप फ्रान्सिसको निधन


काठमाडौं, ८ बैशाख । रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको निधन भएको छ। भ्याटिकनले जनाएअनुसार ८८ वर्षको उमेरमा फ्रान्सिसको निधन भएको हो ।

भ्याटिकनको कासा सान्ता मार्टामा उनको आज ७ः३५ बजे निधन भएको भ्याटिकन न्यूजले उल्लेख गरेको छ । उनलाई निमोनिया भएको थियो । ३८ दिनको अस्पताल बसाईपनि उनी आफ्नो निवास फर्किएका थिए ।