काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविनाको एमाले कसैले कल्पना गरेको भए त्यो पूरा नहुने बताएका छन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘अबको २०/२५ वर्षपछि बुढो हुन्छु, कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ।’
.ओलीले एमालेविनाको देश पनि कल्पना गर्न नसकिने बताए । उनले ओलीविनाको एमाले खोज्नेको मनशास राम्रो नरहेको बताए । उनीहरुको मनशाय राम्रो नभएकै कारण आफूले नेतृत्व छोड्न नसकेको ओलीले बताए ।
प्रतिक्रिया