११ कात्तिक, काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित काठमाडौँबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले भारतीय नागरिक भवर गाए र बन्दित पटेललाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट १ किलो ३३८ ग्राम गाजा र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया