काठमाडौं, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतङ्ककारी घटनामा भारत सरकारले दोषी पत्ता लगाइ अकल्पनीय दण्ड सजाय दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भविष्यमा कहिल्यै र कसैले पनि त्यस्ता आतङ्ककारी गतिविधि गर्न नसकोस् भन्ने उद्देश्यकका साथ उक्त घटनामा संलग्न सबैलाई अकल्पनीय सजाय हुनुपर्ने बताएका हुन् ।
‘भारतलाई म के अनुरोध गर्न चाहन्छु भने– त्यस्ता आतङ्कवादीहरुलाई कडाभन्दा कडा सजाय दिनुस् । जुन अकल्पनीय होस् । भविष्यमा, कहिल्यै, कसैले फेरि यस्तो दुष्कर्म चचिताओस् । भारत र नेपालको मात्रै होइन, यो विश्व समुदायमै लज्जाष्पद घटना हो,’– उनले भने ।
जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा एक नेपालीसहित कम्तिमा २६ जना मारिएको बताइएको छ । नेता सुमनले जम्मू कश्मीरको पहलगाममा भएको उक्त घटनबारे भारत सरकारले चालेका सबै कदममा आफू, आफ्नो पार्टी जसपा नेपाल र सिंगो नेपालको साथ रहने बताए । ‘यस्तो अवस्थामा भारतले चालेको प्रत्येक कदममा साथ म र मेरो पार्टीको त छदै छ । मेरो देश पनि छ भन्ने कुराको म विश्वास दिलाउन चाहन्छु,’– उनले भने ।
प्रतिक्रिया