काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन रोकिएको छ । अन्तिम समयमा आएर प्रधानमन्त्रीको सचिवालयमार्फत प्रधानमन्त्री ओलीको सम्बोधन आज स्थगन् गरिएको सूचना पुगेको छ । आजबाट बजेट अधिवेशन सुरु हुँदैछ ।
बजेट अधिवेशनको पहिलो दिन नै आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको थियो । सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल दुवै नेता आजको बैठकमा अनुपस्थित् हुने भएपछि प्रधानमन्त्रीले अर्को दिन सम्बोधन गर्ने तयारी गरेको जनाईएको छ । file photo
प्रतिक्रिया