काठमाडौं, १२ वैशाख । गोर्खाको बारपाक–सुलिकोट गाउँपालिकाले आयोजना गरेको १०औं भूकम्प स्मृति दिवस समारोह सुरु भएको छ। कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् ।
समारोह कार्यक्रमको शुभारम्भ भूकम्पले विभत्स क्षति पुर्याएको ठीक ११ः५६ बजे गरिएको मौन धारणा गरिएको थियो ।भूकम्पमा ज्यान गुमाएका सबैको सम्झनामा उपस्थित सबैले एकसाथ मौन धारण गरेका थिए ।
त्यसअघि अध्यक्ष प्रचण्डले ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरी ती तस्वीरहरू अवलोकन गरे । प्रदर्शनीमा २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुर्याएको विनाश, राहत कार्य, अस्थायी आवास तथा दीगो पुनर्निर्माणका पहलहरू समेटिएका छन्।






प्रतिक्रिया