काठमाडौं, १४ वैशाख । काठमाडौं मेडिकल कजेल पब्लिक लिमिटेड (केएमसी) ले शिक्षक आन्दोनलका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने बताएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
‘हाल काठमाडौं केन्द्रित रही शिक्षकहरुले गरेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत घाइतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ती प्रेशित गरिएको छ,’– केएमसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया