लौकाखेतीबाट चार लाख आम्दानी


सुनसरी, १६ । सुनसरीगढी गाउँपालिका–५ का अनुरूप उराँवले सात कठ्ठा जग्गामा लौकाखेतीगरी एक याममा चार लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिक २० हजारमा अरूसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार लगानी भएको बताए ।

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दनी हुने जानकारी दिए। युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए । गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उनले बताए । लौका शुरूमा प्रतिगोटा ८० मा बिक्री गरेकामा अहिले २० देखि २५ मा बिक्री हुँदा पनि चार लाख आम्दानी भइरहेको उनले उल्लेख गरिन् । रासस

Skip This

Omoda E5 Pro