प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित


काठमाडौं, १६ वैशाख । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयक सभाले पारित गरेको छ ।

योसँग अब उक्त विधेय माथिल्लो सदन (राष्ट्रिय सभा) मा जान्छ । राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधि सभामै पठाउने र सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने प्रवधान रहेको छ । प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक २०८० असोज १८ गते तत्कालीन अर्थमन्त्री डा.प्रकाश शरण महतले प्रतिनिधिसभामा दर्ता गराएका थिए ।