काठमाडौं, १६ बैशाख । अल अबाउट स्किन फार्मेसीको नयाँ शाखाको शुभारम्भ गरिएको छ । बानेश्वर भेनस अस्पतालबाट दुई/तीन घर पर रहेको उक्त शोरुमको आज (बुधबार) नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतमले रिबन काटेर उद्घाटन गरेकी हुन् ।
फार्मेसीमा छालाका समस्या समाधान गर्न गुणस्तरीय औषधी उपलब्ध हुनेछ भने छाला परीक्षण पनि गरिने जनाईएको छ । उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा नायिका गौतमले फार्मेसीले छालासम्बन्धी समस्या भएकाहरुलाई भरपर्दो सेवा र समाधान दिने विश्वास व्यक्त गरिन् ।
यस्तै, फार्मेसीकी सञ्चालिका डा. जेविना लामाले दक्ष जनशक्तिले छालासम्बन्धी समस्याको समाधान गर्ने र गुणस्तरीय औषधी उपलब्ध गराउने जानकारी दिईन् । फार्मेसीले परम्परागत छाला हेरचाहको तरिकालाई परिमार्जन गर्दै उत्कृष्ट र आधुनिक उपाय अपनाउनेछ । यसअघि डा. लामाले द स्किन क्लिनिकमार्फत छालासम्बन्धी क्लिनिकल सर्भिस दिँदै आएकी थिईन् ।


प्रतिक्रिया