नेविसंघ त्रि-चन्द्र बहुमुखी क्याम्पस इकाई समितिले शैक्षिक उन्नयनको लागि बुझायो प्रतिवेदन


काठमाडौं, १६ बैशाख । नेपाल विद्यार्थी संघ त्रि-चन्द्र बहुमुखी क्याम्पस इकाई समितिले शैक्षिक सुधारको लागि क्याम्पस प्रमुख तथा प्रशासनको ध्यानाकार्षण गराएको छ । नेविसंघ त्रिचन्द्र क्याम्पसका इकाई अध्यक्ष अमृतबहादुर शाहीको नेतृत्वमा आज (मंगलबार) शैक्षिक, भौतिक पूर्वाधार, प्रशासनिक, आर्थिक, विद्यार्थी कल्याण र विकास, सहकार्य र सम्बन्ध विस्तार र संगठनात्मक प्रतिबद्धताका विषयमा सुझावसहित क्याम्पस प्रशासनको ध्यानाकार्षण बुझाएको हो ।

शाहीले नेविसंघ इकाई क्याम्पसको समय सुधारमा पूर्ण प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् । उनले संगठनको तर्फबाट आज बुझाईको प्रतिवेदनले क्याम्पसको शैक्षिक उन्नयनको लागि ठोस प्रयास हुने विश्वास दिलाएका छन् ।

मागपत्रमा समेटिएका प्रमुख बुँदाहरू यसप्रकार छन्: