शरद रेग्मी-तुलसीपुर, बैशाख १६ । लुम्बिनीका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनैपनि आतंकबादका बिरुद्ध विश्व समुदाय एकजुट हुन जरुरी रहेको बताएका छन् । मंगलबार साँझ बेस संस्था, मटाँवा, बरघर, भलमन्सा संघ, नेपाल तरुण दल दाङको आयोजना र नेपाल प्रेस युनियन दाङको ऐक्यबद्धतामा भारतको जम्मुकस्मिरमा भएको आतंकबादी हमलाको बिरोधमा आयोजित दिप प्रज्वलन कार्यक्रममा सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री चौधरीले आतंकबादी हमलाको भत्र्सना गर्दै त्यसको बिरुद्ध एकताबद्ध भइ लड्नुपर्ने बताएका थिए ।
घटनाको भत्सर्ना गर्दै नेता चौधरीले विश्वबाट आतंकबाट निर्मुल गर्न जरुरी रहेको बताएका थिए । नेपाली काँग्रेस लुम्बिनीका संसदीय दलका नेतासमेत चौधरीले आतंकबाद बिरुद्ध लड्न भारतलाई लड्ने शक्ति प्राप्त होस भन्दै सम्पूर्ण नेपाली र लुम्बिनी प्रदेशबासी आतंकबादको बिरुद्धमा उभिने बताएका थिए । भारतको पहेलगामा बैशाख १० गते पर्यटकीय सहर जम्मुकस्मिर भ्रमणका गएका बखत आतंकबादी हमलामा परि बुटवलका सुदीप न्यौंपानेसहित २८ जनाको हत्या भएको थियो ।
आतंकबादी गतिबिधि बिरुद्ध खेत प्रकट गर्दै र शान्तिको कामना गर्दै तुलसीपुरको बिपी चोकमा मंगलबार बेलुकी दीप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती, नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्का लगाएत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया