काठमाडौं, १७ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेट्नको लागि चौथाइवाले देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री समेत रहेकी देउवा पत्नी डा. आरजु राणा देउवापनि सहभागी छिन् । भेटवार्ता एकदमै फलदायी भएको मन्त्री राणाले जनाएकी छिन् । नेपाल–भारत सम्बन्ध अझै मजबुद बनाउने विषयमा कुराकानी भएको पनि उनले स्पष्ट पारेकी छिन् ।
चौथाईवाले शुक्रबारमात्रै स्वदेश फर्किने कार्यतालिका छ । नेपाल बसाईको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न दलका नेताहरुसँग पनि भेट्ने तय भएको जनाईएको छ ।
प्रतिक्रिया